काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखराका पोलमा गुजुल्टिएका तार हटाउने अभियान सुरु

13.15K
shares

पोखरामा अव्यवस्थित (गुजुल्टा) परेका तार हटाउने अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाले चोक-चोकमा अव्यवस्थित ढंगले विभिन्न पोलमा रहेका तारहरु अटाउने अभियान बिहिबारदेखि सुरु गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको सिद्धार्थचोकमा अव्यवस्थित (गुजुल्टा) परेका तार काटेर उक्त अभियानको सुरू गरे । उनले महानगरले सुरु गरेको अभियानमा सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

पोखराको सौन्दर्यता र सुरक्षाको दृष्टिले महानगरले पहिलो चरणमा पोखराका मुख्य चोकका पोलहरुमा रहेका अव्यवस्थित तार हटाउने अभियानले पोखरालाई स्मार्ट सिटि बनाउने अभियानमा थप मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘आजदेखि सुरु भएको यो अभियान १० दिनको हुनेछ,  जसमध्य सिद्धार्थचोक, विपीचोक, न्यूरोड हुँदै सभागृहचोकसम्म पुग्नेछ ।’ दोश्रो चरणमा पालिखेचोक, साँघुकोमुख, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोकहुँदै सभागृहचोकसम्मका तार हटाइने भएको छ ।

उक्त अभियानको तेश्रो चरणमा सभागृहचोकदेखी सृजनाचोक, जिरो किलोमिटर हुँदै हल्लनचोकसम्मका तार हटाइने भएको छ भने चौथो चरणमा हल्लनचोकबाट सहिदचोकहुँदै मुस्ताङ्गचोक सम्मका पोलमा रहेका अव्यबस्थित तार हटाईने महानगर प्रमुख जिसीले जनाए ।

विभिन्न चरण १०/१० दिनको हुने भएको उनले जनाए । अव्यवस्थित तार हटाउने अभियानमा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक संस्था, केबल व्यवसायी लगायतका सेवा प्रदायक संस्थाहरुलाई सँगसँगै लिएर अघि बढेको महानगर मेयर जिसीले बताए । यसअघी महानगरले सूचना प्रकाशित गरी सरोकार निकायसँग छलफल गरी महानगरभित्रका अव्यवस्थित तार हटाएर व्यवस्थित गर्ने निर्णय गरेको हो ।

उक्त तार हटाएसँगै सरोकार पक्षसँग सहकार्यमा महानगरले केही समय पछि आकास माथि हुने तारलाई जमिनमुनि (अण्डरग्राउण्डमा) व्याबस्थापन गर्ने विषयमा अघि बढ्ने योजना रहेको प्रमुख जिसीले जनाए । उनले पोखरालाई स्मार्ट सिटी बनाउने अभियानमा उक्त कार्यले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त तार हटाएसँगै कुनै कारणले पुनः अव्यवस्थित तार पोलहरुमा झुण्डाएको भेटिएमा महानगरपालिकाले कारबाही गर्ने भएको छ ।

समितिको संयोजकमा महानगरका उपसचिव तथा सुचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार ब्यवस्थपान सहजीकरण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा नेपाल टेलिकमका शेषकान्त बस्याल, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर आनन्द सापकोटा, एनसेलका सुवोध रेग्मी, वाराही ईन्टरनेटका सुरेन्द्र बहादुर थापा, JNICT का सोमराज गुरुङ, टेलनेट प्रा.लिका बिनोद हुगाई, पोखरा केवलका मनोज गुरुङ्ग, पोखरा ईन्टरनेटका अजित तामाङ, वल्र्डलिङ्क कम्यूनिकेसनका विनोद के.सी., महानगरका नगर प्रहरीका असई पुरुषोत्तम थापा, पोखरा महानगरपालिकाका सूचना प्रविधि अधिकृत ईञ्जिनियर अशोक द्वारे छन् ।