गोल्डस्टारको २५ औं सोरुम पोखरामा
वि.सं.२०७५ मंसिर २७ बिहीवार १९:४७
shares

विगतदेखि नै लोकप्रिय ब्राण्ड बनेको गोल्डस्टरको आधिकारिक सोरुम पोखरामा संचालनमा आउने भएको छ । पोखरामा आम उपभोक्ताहरको माग अनुसार उक्त सोरुम संचालन गर्न लागेको गोल्डस्टारका मार्केटिङ अफिसर रेशम भण्डारीले विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए ।
नेपालमा उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु आम उपभोक्ताहरुलाई सहज ढंगले उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेशकै पहिलो सोरुम पोखरामा स्थापना गरिने भएको भण्डारीले बताए । उनका अनुसार वार्षिक रुपमा नेपालमा गोल्डस्टारका एक करोड ५० लाख वटा जुक्ता उत्पादन हुने गरेको छ ।
करिब ५ अर्ब बराबरको गोल्डस्टर जुक्ताको कारोबार हुने बताइन्छ । भारत, चाईना, भियतनामबाट कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन हुने उक्त जुक्त गुणस्तरीय भएका कारण नेपालीहरु पुगेका अधिकाश देशहरुमा यसको बिक्रि हुने गरेको मार्केटीङ अफिसर भण्डारीले जानकारी दिए ।

























