काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लोप हुँदैछ प्रकृतिकाे कुचीकार मानिने गिद्ध, अस्तित्व नै समाप्त हुन सक्ने !

21.57K
shares

डडेल्धुुरा जिल्लाको ठूला पहाड, भिरपाखामा दैनिकजसो देखिने गिद्ध हिजो आज देखिन छाडेका छन् । कुनै बेला डडेल्धुराका सबैजसो ठाउँमा सहजै देखिने गिद्ध लोप हुँदै गएको पंछी विशेषज्ञले बताएका छन् । वातावरण असन्तुलिन हुँदै जानु र आवश्यक पर्ने उपयुक्त बासस्थानको कमीले गर्दा गिद्ध लोप हुँदै गएको उनीहरुको भनाइ छ ।

प्रकृतिको कुचीकार मानिने पंछी गिद्ध वातावरणीय प्रदूषणबाट मानव जातिलाई बचाउन सहयोग गर्ने निर्दोष पक्षीको संरक्षणमा भने कतैबाट पहल भएको देखिँदैन । ‘डाइक्लोफेनिक’ औषधि सेवन गरेका पशुहरु मरेपछि तिनको सिनो खाँदा गिद्धमा त्यसको प्रत्यक्ष असर पर्ने गर्दछ ।

सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले यस क्षेत्रका केही जिल्लालाई ‘डाइक्लोफेनिक’ मुक्त क्षेत्र घोषणा गरे पनि घोषणापछि प्रभावकारी अनुगमन नहुँदा यसको प्रयोग बढेको छ जसको असर गिद्धमा परेको छ ।

चार÷पाँचवर्ष पहिलेसम्म डडेल्धुरा जिल्लाको आकाश र गाउँघर नजिकैका सिनो फाल्ने ठाउँतिर प्रशस्त मात्रामा भेटिने गिद्धले ठूलाठूला पहाडको भिरमा गुँड लगाएका हुन्थे ।

मानवीय सचेतनासँगै जथाभावी फालिने सिनो गाड्ने तथा व्यवस्थित रुपमा राख्न थालिएपछि जिल्लामा गिद्धलाई आहारा नपुगेको र जनसंख्या वृद्धिसँगै मानवीय अतिक्रमण बढ्दै गएकाले गिद्धको सङ्ख्या कम हुँदै गएको अनुमान गरिएको छ ।

गिद्ध धेरै चिसो र गर्मी मौसममा बसोवास गर्ने पक्षी हो । डडेल्धुरा जिल्लामा धेरै चिसो हुने तथा हिमाली जिल्लाको छेउमा भएका कारणले पनि धेरै भेटिन्थे । ‘तर, हिजोआज गिद्ध भेटिन छाडेका छन्,’ जिल्ला साविकको पशु विकास कार्यालय डडेल्धुराका प्रमुख तथा पशु विकास अधिकृत खड्कबहादुर शाहले भने, ‘गिद्धलाई बच्चा जन्माउन र पूmल पार्न बढी गर्मी मौसम चाहिन्छ भने अन्य समयमा पहाडी मौसमसँग रमाउँछ ।

गिद्धको प्रमुख आहाराका रुपमा रहेको पशु चौपायाको सिनोमा मानवद्वारा कीटनाषक औषधि प्रयोग गिद्ध लोप हुनुको प्रमुख कारण मानिएको छ । वन विनाशसँगै ठूला जातका रुखमा कमी हुनु, पर्यावरणमा असर आउनुलगायतका कारणबाट पनि गिद्धको संख्यामा कमी आएको हुनसक्ने नवदुर्गा गाउँपालिका– १ का स्थानीयवासी लोेकेन्द्र विक बताउँछन् ।

नेपाल सरकारले गिद्ध संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेको बताए पनि ती कार्यक्रमहरु यस क्षेत्रमा सञ्चालन नभएको स्थानीयवासीले गुनासो गरेका छन् ।

प्रभावकारी रुपमा गिद्धको संरक्षणमा नलाग्ने हो भने देशको सुदूरपहाडी क्षेत्रमा गिद्धको अस्तित्व समाप्त हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । यसरी नै लोप हुँदै गएमा केही वर्षमा नयाँ पुस्ताले गिद्धको तस्बिर हेरेर चित्त बुझाउनुपर्ने अवस्था आउन सक्ने बिक बताउँछन् ।

गिद्धको संरक्षणमा सरकारी प्रयास मात्र पर्याप्त नहुने भन्दै विज्ञहरुले स्थानीयवासीलाई पनि सचेत हुन सुझाव दिएका छन् । (रासस)