काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानन्यायाधीशमा सिफारिस भएका चोलेन्द्रको सुनुवाइ सुरू

13.84K
shares

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा संवैधानिक परिषद्ले सिफारिस गरेको चोलेन्द्र समशेर जबराको संसदीय सुनुवाइ सुरू गरेको छ । आइतबार बसेको समितिको बैठकले जबराविरूछ उजुरी दिन सोमबारबाट अह्वान गर्ने निर्णय गरेको हो ।

संवैधानिक परिषद्ले जबरालाई सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम समितिले जबराको संसदीय सुनुवाइको प्रकृया सुरू गरेको हो । समितिले सोमबारदेखि १० दिनसम्म जबराविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको सभापति लक्षमणलाल कर्णले जानकारी दिए ।

जबराविरुद्ध उजुरी दिने म्याद सकिएपछि परेका उजुरीका सम्बन्धमा उजुरीकर्तासँग छलफल गरिनेछ । त्यसपछि संसदीय समितले उनको सुनुवाइ गर्नेछ । त्यसरी सुनुवाइपश्चात समितिले सिफारिस गरेमा उनी सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्ने बाटो खुल्नेछ ।