काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अनलाइनबाट सामान किन्दा जनता बैंकबाट तुरुन्तै भुक्तानी

15.02K
shares

जनता बैंक नेपालले अनलाइनबाट कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा कार्डमार्फत तुरुन्त भुक्तानी गर्न सकिने सेवाको सुरुवात गरेको छ । यससँगै जनता बैंकका कार्ड होल्डरले नेपाल र भारतका विभिन्न अनलाइन स्टोरबाट सामान खरिद गर्दा बैंकको कार्ड नम्बर उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा लिने ग्राहक प्रत्येक कारोबार गर्दा आफ्नो इमेल र मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्नेछन् । जसले गर्दा कार्ड कारोबारलाई सुरक्षित हुनेछ । यो सेवा लिन ग्राहकसँग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्नेछ । यो सेवा प्रयोग गरेबापत कुनै थप शुल्क तिर्नु नपर्ने जनता बैंकले जनाएको छ ।

साथै, बैंकले विदेशस्थित विश्व विद्यालय/कलेजसँग सम्बन्धित विभिन्न शुल्कहरु सम्बन्धित विश्वविद्यालय/कलेजको खातामा सोझै जम्मा गर्न सकिने सेवाको समेत सुरुवात गरेको छ ।