काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रभात माविलाई सिटिजन्स बैंकको दुई लाख सहयोग

16.63K
shares

सिटिजन्स बैंकले पाल्पाको मैनादीमा रहेको प्रभात माध्यमिक विद्यालयलाई दुई लाख रूपैयाँ सहयोग गरेको छ । केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवरलाई दुई लाखको चेक प्रदान गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको पनि उपस्थिति थियो ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८० शाखा, ७५ एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट करिब साढे तीन लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।