मुक्तिनाथ विकास बैंकको २१५ औं वित्तीय साक्षरता कार्यक्रम
वि.सं.२०७५ पुस ३ मंगलवार २१:२४
shares

मुक्तिनाथ विकास बैंकको २१५औं वित्तीय साक्षरता कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयमा ‘आजको आवश्यकता, विद्यार्थीमा वित्तीय साक्षरता‘ भन्ने मूल आशयका साथ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्षेत्रभित्रका स्थानीयलाई कार्यक्रममा सहभागी गराउँदै आएको बैंकले गत आर्थिक वर्षदेखि विद्यार्थीमा समेत वित्तीय साक्षरता कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेको हो । विद्यार्थीको आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ भन्ने विषयवस्तु उक्त कार्यक्रममा समावेश गरिएको थियो ।
बैंकले हालसम्म २ सय १५ स्थानमा करिब ४० हजारजना वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएको बैंकले जनाएको छ । आगामी दिनमा बैंकले कार्यक्षेत्रभित्र व्यापक रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । कार्यक्रममा सहभागी विद्यार्थीले वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएपछि वित्तीय निर्णय लिन सक्षम भएको बताएका थिए ।

























