सिंहदरबारभित्रै कर्मचारीको नाराबाजी
वि.सं.२०७५ पुस ४ बुधवार २२:५३
shares

कर्मचारी समायोजन अध्यादेशको विरोधमा निजामती कर्मचारीले सिंहदरबारभित्रै नाराबाजी गरेका छन् । आन्दोलित कर्मचारीहरु बुधबार सामान्य प्रशासन मन्त्रालयमा भेला भएर नाराबाजी गरेका हुन् ।
उनीहरुले आफ्ना असन्तुष्टि सहितका मागहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपालियालाई बुझाए । ‘निजामती सेवा ऐन, २०४९ को दफा ५८ को सेवा सर्तको सुरक्षा सम्बन्धी व्यवस्थाको प्रतिकूल एवं प्राकृतिक न्यायको सिद्धान्तको समेत विपरित कर्मचारी समायोजन अध्ययादेश रहेकोले सिवकार्न सक्दौनौं,’ उनीहरुले बुझाएको असन्तुष्टिमा भनिएको छ ।
निजामित कर्मचारी राजपत्राकिंत द्वीतय श्रेणी भन्दा तलका कर्मचारीले कर्मचारी समायोजन अध्यादेशमा विरोध जनाएका हुन् । कर्मचारीलाई अन्याय पर्ने गरी तय गरिएका व्यवस्थाप्रति आफूहरुको गम्भीर असहमती भएको हुँदा उक्त व्यवस्थाहरु तत्काल सच्चाई समायोजन अध्यादेश कार्यान्वयन गर्ने व्यवस्थाका गर्न माग आफूहरुले गरेका कर्मचारीहरुले बताएका छन् ।
स्थानीय तह र प्रदेश तहमा समायोजन हुने कर्मचारी केन्द्रमा बढुवा र सरुवा हुने व्यवस्था हटाएपछि उनीहरु आन्दोलित भएका हुन् ।

























