काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा एकैपटक दुई ठूला फुटबल प्रतियोगिताको तयारी

13K
shares

पर्यटकीय नगरी पोखरामा समन्वयको अभावमा दुई ठूला फुटबल प्रतियोगिता एकै समयमा हुने भएका छन् । अखिल नेपाल फुटबल संघसँग समयमै समन्वय गर्न नसक्दा एकै समयमा दुई ठूला प्रतियोगिता परेको हो ।

पोखरामा १७ वर्षदेखि सञ्चालन हुँदै आएको आरा रारा गोल्डकप फुटबल प्रतियोगिता र एन्फा कास्कीद्वारा सञ्चालन हुँदै आएको पोखरा मनकामना कप फुटबल प्रतियोगिता यही माघमा दुई दिनको अन्तरालमा हुने भएका छन् । माघ १५ देखि २६ गतेसम्म पोखरा मनकामना कप र माघ २९ देखि फागुन ११ गतेसम्म आहा रारा गोल्डकपको खेल तालिका एन्फा केन्द्रले सार्वजनिक गरिसकेको छ ।

दुई ठूला प्रतियोगिता एकै मितिमा गर्दा धेरै असर पर्ने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । ‘एकै मितिमा, एकै स्थानमा, एकै प्रकारको खेलमा अधिकांश एकै टिमको सहभागिता हुने हुँदा दुवै आयोजक संस्थालाई प्रभाव पर्छ,’ उनले भने ।

आहा राराबाट बचत भएको रकम सहारा एकेडेमीले बालकको भरणपोषणमा खर्चिंदै आएको छ । आहा रारा गोल्डकप प्रभावित भएमा एकेडेमीका बालकको पालनपोषणमा प्रभाव पर्न सक्ने सहाराले जनाएको छ । क्लबले वार्षिक करिब २० देखि २५ लाख सहारा एकेडेमीका लागि आहा राराबाट जुटाउँदै आएको छ ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले लिगका कारण विभिन्न क्लबले माग गरेअनुसारको समय एन्फाले दिन नसकेको स्वीकार गरे । ‘यसको असर हामीलाई पनि परेको छ,’ उनले भने, ‘धेरै ठाउँमा फुटबल प्रतियागिता भएकाले पनि एन्फाले पोखरामा छोटो समयमा दुई प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्नुपरेको हो ।’ एन्फा कास्कीले दुवै प्रतियोगिताका लागि फुटबल मैदानमा हरियो दुवो रोप्न र मैदान मर्मत गर्न थालेको छ ।