विराट ट्रेड एक्स्पो-२०१८ सुरु
वि.सं.२०७५ पुस ६ शुक्रवार २३:०१
shares

मोरङ व्यापार संघको आयोजनामा शुक्रबारदेखि विराट ट्रेड एक्स्पो २०१८ विराटनगरमा सुरु भएको छ । नौ दिनसम्म चल्ने एक्स्पोको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।
एक्स्पोको उद्घाटन गदै मुख्यमन्त्री राईले महोत्सव र एक्स्पोले आर्थिक सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे । ‘भारतको सिक्किम, पश्चिम बंगाल, बिहारसँग प्रदेश जोडिएको छ,’ उनले भने, ‘प्रदेश १ लाई भारत, चीन, बंगलादेश, भुटानको महत्वपूर्ण बजारको रुपमा जोड्नेछौं ।’
उनले प्रदेश सरकार लगानीमैत्री वातावरण तयार गर्न प्रतिबद्ध रहेको बताए । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत निजी क्षेत्रको सहभागीतालाई विशेष प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री राईले लगानीका लागि उपयुक्त वातावरण सृजना गर्न सरकार तयार रहेको उल्लेख गरे ।
‘नीजि क्षेत्रको सहभागीता र लगानी विना विकास र समृद्धिको अभियान असम्भव छ’ उनले भने, ‘प्रदेशको विकास र समृद्धिको अभियानमा निजि क्षेत्रको पूर्ण सहभागीता बढाउन प्रदेश सरकार लागानीमैत्री वातावरण निर्माणमा तत्पर छ । त्यसका लागि निजी क्षेत्रलाई छलफलका लागि आह्वान गदर्छु ।’
आफूले अन्तर्राष्ट्रियस्तरको प्रर्दशनीस्थलको आवश्यकता महसुस गरेको बताउँदै उनले त्यसको थालनी भइसकेको बताए । विराटनगरको औद्योगिक करिडोरलाई व्यापारिक हबको रुपमा विकास गर्ने मुख्यमन्त्री राईको भनाई थियो ।
सुनसरी–मोरङ औद्योगिक करिडोरलाई उद्योग र व्यापारको हबका रुपमा विकास गर्न प्रदेश सरकारले चाहेकाले त्यसको कार्यान्वयनमा जुटेको जानकारी दिए । विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलमा स्तरोन्नती गर्न क्याबिनेटबाट निर्णय गरेर काम अघि बढाइएको बताए । तत्कालको लागि क्षेत्रीयस्तरको बन्ने विमानस्थल चाँडै अन्तर्राष्ट्रियस्तरको बनाइने उनको भनाई थियो ।
प्रतिनिधिसभाका सांसद मोति दुगडले भौतिक पूर्वाधारको विकासमा जोड दिएका थिए । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्र्रधानले सरकारको तर्फबाट आर्थिक विकासका लागि प्रतिबद्धताको खाँचो औल्याए ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुललीले सुस्ताउदै गएको आर्थिक गतिविधिमा एक्स्पोले उर्जाको काम गर्ने धारणा राखे ।

























