काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय पुरुष भलिबलको उपाधिको लागि आर्मी र एपिएफ भिड्ने

15.79K
shares

पोखरामा जारी आर.बि.बि.–एन.भि.ए. राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगितामा विभागीय टोलीकै बर्चश्व रहेको छ ।

प्रतियोगिताको उपाधिसहित दुई लाख नगद पुरस्कारको लागि शनिबार डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबविरुद्ध अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफबीच फाइनल खेल हुने भएको छ ।

पुस १ देखि पोखरामा सुरु भएको प्रतियोगितामा आर्मीले १८ अंक सहित शीर्ष स्थानमा रहँदै फाइनलमा यात्रा बनाउँदा एपिएफले १७ अंकका साथ फाईनल सम्मको यात्रा तय गरेको हो ।

शुक्रबार भएको खेलमा आर्मी, मणिमुकुन्द भलिबल क्लब, नेपाल पुलिस र एपिएफले जित हासिल गरेका हुन् । शुक्रबारको पहिलो खेलमा आर्मीले नयाँबजार युवा क्लबलाई २५–१९, २५–२०, २५–१८ को सोझो सेटमा पराजित गर्यो । मणिमुकुन्दले वाकओभरमा जित हासिल गर्यो ।

हेल्थ नेपाल स्पोटर्स क्लब प्रतियोगिताबाटै बाहिरिएकाले मणिमुकुन्दले वाकओभरमा जित हासिल गरेको हो । तेश्रो खेलमा पुलिसले ढोरपाटन स्पोटर्सलाई २५–९, २५–२०, २५–२२ को सोझो सेटमा पन्छायो । लिगको अन्तिम खेलमा एपिएफले जाउलाखेललाई २५–१०, १६–२५, २५–१७ र २५–१२ को सेटमा पराजित गर्यो ।

पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा जारी प्रतियोगिताको तेश्रो स्थानका लागि भने शनिबार नै विभागीय नेपाल पुलिस क्लबविरुद्ध मणिमुकुन्द भलिबल क्लबबीच खेल हुने भएको हो । प्रतियोगितामा पुलिसले १६ अंक ल्याएको छ भने मणिमुकुन्दको ११ अंक छ ।

प्रतियोगितामा उपविजताले एक लाख, तेश्रो हुनेले ५० हजार र सान्त्वना हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसै गरी नयाँबजार युवा क्लब ९ अंक, जाउलाखेल भलिबल ट्रेनिङ क्लब र ढोरपाटन स्पोटर्स क्लबले समान ३÷३ अंक जोड्न सफल भएका छन् । हेल्थ नेपाल स्पोटर्स क्लबले ७ अंक ल्याएको छ । क्लबले विदेशी खेलाडी सहभागि गराए पनि आवश्यक काजपत्र पेश गर्न नसकेपछि प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।

राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा पोखरामा भएको प्रतियोगितामा तीन विभागीय सहित ८ टिमको सहभागिता रहेको राष्ट्रिय रेफ्री गोपाल थापाले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाइ २५ हजार प्रदान गरिने छ भने उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भरलाई जनही ५ हजारको साथमा ट्रफी प्रदान गरिने छ । राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगरपालिका, जिल्ला खेलकुद विकास समितिले प्रतियोगितालाई विशेष सहयोग गरेको संयोजक राजकुमार गुरुङले बताए ।