काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल साहित्य महोत्सव आजदेखि

15.29K
shares

नेपाल साहित्य महोत्सवको सातौं संस्करण पोखरामा शनिबार सुरु हुँदैछ । ‘सौन्दर्यको सहरमा सब्दहरुको संकथन’ ट्यागलाइन दिइएको महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकारको सहभागिता रहनेछ ।

पुस १० सम्म चल्ने महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका साथै चर्चित पाकिस्तानी लेखक मोहम्मद हनिफ, नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुली, बेलायती ग्राफिक नोभलिस्ट डाक्टर निकोला स्ट्रिटेन, भारतीय पत्रकार हरिश नाम्बियरलगायत उपस्थित हुनेछन् ।

महोत्सवको पहिलो दिन बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक गरिँदैछ । मनिषाले क्यान्सरसँग जुध्दा गरेको अनुभव समेटिएको आत्मकथा सार्वजनिक कार्यक्रमसँगै पुस्तकमाथि छलफल गर्ने कार्यक्रम छ । शनिबार नै वरिष्ठ नेपाली साहित्यकार इन्द्रबहादुर राईको सम्झनामा ‘अझै रमिता छ’ नामको सत्र राखिएको छ । यस कार्यक्रममा मञ्जुश्री थापा र कृष्ण धराबासी वक्ता छन् । क्यानडामा बसेर विश्व साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल थापाले स्वर्गीय इन्द्रबहादुर राईको बहुचर्चित पुस्तक ‘आज रमिता छ’ को दियर इज अ कार्निभल टुडे को अंग्रेजी अनुवाद गरेकी छन् ।

शनिबार नै पोखरेली साहित्यकारहरु सरुभक्त, गनेस पौडेल र तीर्थ गुरुङसँग समालोचक कुमारी लामाले ‘पागल बस्तीपछिको पोखरेली आख्यान’का बारेमा छलफल चलाउँदै छिन् ।

महोत्सवको पहिलो दिन वरिष्ठ पत्रकार नारायण वाग्ले र स्तम्भकार तथा लेखक खगेन्द्र संग्रौलाबीचमा सम्पादक र स्तम्भकारका विषयमा चर्चा परिचर्चा हुनेछ । कुन्द दीक्षितले ‘रेड बर्ड्स’ नाम दिइएको सत्रमा पाकिस्तानी लेखक मोहम्मद हनिफसँग अन्तर्क्रिया गर्नेछन् ।

पोखराको लेकसाइडमा रहेको तालवाराही चोकमा हुने महोत्सव भूपी कक्ष र अलि मियाँ कक्ष गरी दुई ठाउँमा हुनेछ ।