काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दाङ दुर्घटना अपडेट : मृत्यु भएका २३ मध्ये १२ जनाको सनाखत

15.58K
shares

दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । जुम्ला कन्कासुन्दरी गाउँपालिका–५ का २० वर्षीय वीरेन्द्र कण्डराको आज बिहान उपचारको क्रममा नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको दाङ निवासी बेलबहादुर पाण्डेले जानकारी दिए ।

यसैबीच सो दुर्घटनामा परी मृत्यु भएका थप छ जनाको सनाखत भएको छ । चन्दनाथ–६ जुम्लाकी १६ वर्षीया कुशुम रावल, भेरी नगरपालिका–४ जाजरकोटाका १७ वर्षीय अतिस नेपाली, कञ्चनपुर जिल्ला कृष्णपुर–५ का १७ वर्षीय खेमराज भट्ट, जुम्ला चन्दननाथ–३ बुढतावाडाका १९ वषीय हिक्मत बोहरा, बबई गाउँपालिका–५ बस्ने २१ वर्षीया कविता खत्री र जुम्ला हिमा गाउँपालिका–५ की १७ वर्षीया शैलजा शाही रहेका छन् ।

सनाखत भएका शव आफन्तलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ । अन्यको सनाखत गर्ने प्रयास भइरहेको छ ।

राष्ट्रपतिद्वारा दु:ख व्यक्त

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बस दुर्घटनामा परी २३ जनाको निधन भएकामा दुःख व्यक्त गरेकी छन् । शनिबार टवीट्र् गर्दै उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी हुन् । राष्ट्रपति भण्डारीले दुर्घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् ।