बन्ला त मानवताको सहर बुटवल उपमहानगर ? (फोटो फिचर)
वि.सं.२०७५ पुस ७ शनिवार २१:२९
shares

बुटवल उपहानरपालिकाको ‘मानवताको सहर बुटवल उपमहानगर’लाई मानव सेवा आश्रमले साथ दिएको छ । नेपालका विभिन्न स्थानमा शाखा सञ्चालन गरी घरवारविहीन भएर सडकमा आएका व्यक्तिको उद्धार गरी आश्रममा व्यवस्थापन गर्दै आएको मानव सेवा आश्रमले बुटवलमा शाखा विस्तार गरेको हो ।
बुटवल–८, सुक्खानगरमा रहेको आश्रममा शनिबार बुटवलआसपासका विभिन्न स्थानमा सडकमा बस्दै आएका व्यक्तिलाई आश्रम आश्रय दिइएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजीप्रसाद अधिकारीलगायतले संयुक्त रुपमा उनीहरुलाई आश्रममा प्रवेश गराए ।
कार्यक्रममा नगर प्रमुख सुवेदीले मानवताको सहरको रुपमा परिकल्पना गरेअनुसार यो अभियानलाई अघि बढाइने बताए । यस्तै, आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानव कल्याण नै सबैभन्दा ठूलो धर्म भएकाले यस्तो प्रकृतिको अभियानको थालनी गरिएको जानकारी दिए ।
तस्बिरमा सडकबाट आश्रमसम्मका दृश्य (कृष्ण खनाल)































