काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपा स्थायी कमिटी बैठक स्थगन

14.51K
shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आइतबारको बैठक अन्तिम समयमा आएर स्थगन भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण आइतबार अपराह्न ४:३० बजे बोलाइएको बैठक स्थगन भएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । अर्को बैठक पुस ११ गते बस्ने उनले बताए ।

प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा अपराह्न बोलाइएको बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम थियो ।

‘सबै सदस्य पार्टी कार्यालय आइसक्नु भएको थियो, अध्यक्ष ओलीको समय अभावले अन्तिममा स्थगन गरियो, अब अर्को बैठक यही पुस ११ गते बिहान ८ बजेका लागि बोलाइएको छ,’ श्रेष्ठले भने ।

अध्यक्ष ओली आइतबार सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी भएकाले बैठकमा उपस्थित हुन सकेनन् । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आइतबार बिहान बसेको बैठकमा नेता प्रदीप ज्ञवालीले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि आफ्नो भनाइ राखेपछि प्रतिवेदनमाथिको छलफल सकिएको थियो ।

नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बिहानको बैठकमा विशेष समय लिएर वरिष्ठ नेता माधवकुमार नेपालले एसिया प्यासिफिक सम्मेलनका विषयमा आफ्ना भनाइ राखेका थिए । उनले सम्मेलन कुनै धर्म प्रचारका लागि नभई नेपालको हितमा रहेको बताएका थिए ।

प्यासिफिक सम्मेलनमा सहभागी भएको भनेर केही नेताले जारी बैठकमा आलोचना गरेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत बिहानको बैठकमा प्रतिवेदनबाहेकका विषयमा केही भनाइ राखेके श्रेष्ठले जानकारी दिए ।

गत मङ्सिर २९ गतेदेखि अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । जारी बैठकमा बोल्ने क्रममा कतिपय स्थायी कमिटीका सदस्यले पार्टी एकीकरणले पूर्णता पाउन नसकेको, सरकराले जनअपेक्षाअनुसार काम गर्न नसकेको लगायतका विषयमा आलोचना गरेका थिए ।

उठेका सवालमा पुस ११ गते अध्यक्षद्वयको जवाफ आएपछि राजनीतिक प्रतिवेदन पारित हुने या परिमार्जन गर्ने भन्ने विषय निर्क्यौल हुने जनाइएको छ ।
रासस