काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पार्टी एकता गर्दा मलाई धम्की आयो : प्रचण्ड

10.69K
shares

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रलोभन र धम्की चिरेर पार्टी एकतालाई निष्कर्षमा पुर्याएको बताएका छन् । पार्टी एकताका क्रममा आफूलाई बारम्बार धम्की आएको उनको भनाई थियो ।

पार्टीको स्थायी कमिटी बैठकमा सदस्यहरले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले कुनै शक्तिले एमालेसँग नमिल्न डर र भय देखाएको खुलाशा गरे । शान्ति प्रक्रियासँग सम्बन्धित केही काम थाती रहेको अवस्था पुराना टुंगिन बाँकी केही काम देखाएर आफूलाई बारबार धम्की आउने गरेको समेत उनले खुलाशा गरे ।

उनले पार्टी एकतालाई थप बलियो बनाउन पार्टीभित्र सत्ता पक्ष र प्रतिपक्षी बन्नु नहुने बताए । ‘गुट र उपगुटमा विभाजित हुने होइन बरु राजनीतिक प्रतिवेदनमाथि आएका सुझाव र आलोचनाको आधारमा सकारात्मक पक्षलाई परिमार्जित प्रतिवेदनका रुपमा पारित गर्दै अघि बढ्छ ।’

पार्टीभित्र गुट उपगुट रहेको स्पष्ट संकेत गरेका दाहालले गुट उपगुट एकोहोरो ढंगले सँधैभरी बनाएर लाग्दा पार्टी जोखिममा पर्ने भएकाले त्यसको अन्त्य गर्नुपर्ने बताए ।

‘अब हामी फरक फरक छैनौँ । एउटै धारणा र एउटै कामका लागि अघि बढ्नु पर्छ । सँधैभरी गुटउपगुटले पार्टीलाई सफलता मिल्दैन । नयाँ परिवर्तनलाई आत्मसाथ गर्नु पर्छ,’ प्रचण्डको भनाई थियो । पार्टी र सरकारलाई अलग अलग नगरेर द्वन्द्वात्मक सम्बन्धका आधारमा पार्टीले सरकारलाई सफल बनाउने प्रतिवद्धता प्रचण्डले राखे । बैठक ऐतिहासिक महत्वको भएको प्रचण्डको टिप्पणी छ ।

स्थायी समिति बैठकको नवौँ दिन बुधबार सदस्यहरुलाई सम्बोधन गरेका उनले धेरैजसो सैद्धान्तिक, वैचारिक र राजनीतिक विषयमा केन्द्रित धारणा राखे । प्रचण्डले विगत ९ दिनको स्थायी कमिटि आफ्ना लागि स्कुल भएको पनि बताए । प्रस्तावमाथि छलफल र निर्णय बिहीबारको स्थायी कमिटिको बैठककमा हुने बताइएको छ ।

मंसिर २९ देखि चल्दै आएको बैठकमा यसअघि स्थायी समितिका ४७ जना नेताले आफ्नो धारणा राखिसकेका छन् । अध्यक्ष प्रचण्डले धारणा राखिसकेपछि अर्का अध्यक्ष केपी ओलीले विहीबार जवाफ दिनेछन् ।