काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वास्थ्यचौकी भवन नहुँदा गोठबाटै स्वास्थ्य सेवा

16.4K
shares

बाजुराको विकट क्षेत्रमा पर्ने साप्पाटा स्वास्थ्यचौकी भवन नहुँदा एक गोठमै स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ ।

नयाँ भवन निमार्ण भएको एक वर्षसम्म पनि हस्तान्तरण गर्न ढिलाइ गरिएकाले स्वास्थ्यचौकी गोठमै सञ्चालन हुँदै आएको हो । ठेकेदारले समयमै काम सम्पन्न गरी स्वास्थ्य संस्थालाई भवन हस्तान्तरण नगरेकाले गोठमै बसेर सेवा दिनुपर्दा स्वास्थ्यकर्मी र बिरामीलाई असहज भइरहेको छ । पाँच वर्षभित्र भवन सञ्चालन गरिसक्नुपर्नेमा भवन निर्माण भएको एक वर्ष बितिसके पनि अहिलेसम्म हस्तान्तरण नगरिएको स्वास्थ्यकर्मीको गुनासो थियो ।

मौसमी बिरामीको चाप बढिरहेका बेला स्वास्थ्यचौकी व्यवस्थित नभए पनि सेवा दिइरहेको अहेव सरिता चौधरीले बताइन् । स्वास्थ्यचौकीको कार्यालय सानो गोठमा हुँदा स्वास्थ्य सामग्री राख्नसमेत समस्या परेको व्यवस्थापक मानबहादुर विकको भनाइ छ ।

गोठलाई जति सफा गरे पनि माथीबाट धुलोे खसेपछि भुइँमा राखेको औषधि फोहर हुने र अप्ठेरो ठाउँ भएपनि आफूहरूले बिरामीलाई सकेसम्म राम्रै सेवा दिइरहेको अहेव चौधरीको भनाइ थियो । उक्त स्थानमा व्यवस्थित शौचालय तथा खानेपानीको पनि अभाव छ ।(रासस)