काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हेटौँडाको पदमपोखरीमा साझा बस सञ्चालनमा

13.27K
shares

हेटौँडाको पदमपोखरीमा साझा बस सञ्चालनमा आएको छ ।

हेटौँडा उपमहानगरपालिकाको समन्वयमा पदमपोखरीमा तीन साझा बस सञ्चालनमा ल्याइएको हो । हेटौँडा १२, १३ र १४ का बासिन्दाका लागि सहज होस् भन्ने उद्देश्यले आफ्नो पहलमा बस सञ्चालनमा ल्याइएको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले बताए ।

हेटौँडामा अब १७ साझा बस सञ्चालनमा आएको छ । हेटौँडाको हटियो, हर्नामाडी, बजार क्षेत्र, कमाने, चुरीयामाई र मकवानपुरको मनहरी गाउँपालिकासम्म साझा बस सञ्चालनमा आउने मकवानपुर साझा बसका सञ्चालक भेष खड्गीले जानकारी दिए ।(रासस)