लेखापरीक्षण विधेयकप्रति आइक्यानको आपत्ति
वि.सं.२०७५ पुस १७ मंगलवार १६:५२
shares

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका केही व्यवस्थाप्रति आपात्ति जनाएको छ । अर्थ मन्त्रालयले संघीय संसद्मा हालै पेश गरेको विधेयकमा ‘निजीक्षेत्रको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षकलाई निर्देशन दिनसक्ने’ व्यवस्थाप्रति आइक्यानले आपत्ति जनाएको हो ।
सो व्यवस्थाबाट संवैधानिक निकाय महालेखापरीक्षकले लेखापरीक्षकहरूलाई अनावश्यक हस्तक्षेप गर्न सक्ने आइक्यानको भनाइ छ । आइक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले यो व्यवस्था संविधानको मर्मविपरित रहेको बताए । ‘निजीक्षेत्रको लेखापरीक्षण गर्न महालेखा परीक्षकले निर्देशन दिइरहनु पर्ने प्रावधानले हाम्रो विश्वसनीयतामाथि नै प्रश्न उठाउने काम गरेको छ,’ उनले भने ।
























