लुम्बिनी एक्स्पोको ११ औं दिनसम्म २० करोडको कारोबार
वि.सं.२०७५ पुस १७ मंगलवार १९:१०
shares

रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो-२०७५ सोमबारसम्म ५ लाख ५० हजार दर्शकहरुले अवलोकन गरेको सचिवालयले जनाएको छ ।
यस अवधिमा करिव २० करोडको आर्थिक कारोबार भएको अनुमान गरिएको छ । एक्स्पोको शनिबार मात्र एकै दिन करिब डेढ लाख दर्शकले अबलोकन गरेका थिए । सोमबार ४० हजार दर्शकहरु प्रदर्शनी अबलोकन गर्न आएको जनाइएको छ ।
एक्स्पोको निर्धारित आयोजना समयावधी सकिने दिन नजिकिँदै जाँदा मण्डपमा आर्थिक कारोबार बढेको स्टलधनीहरुले जनाएका छन् । अबलोकनकर्ताहरुले वजारमा भन्दा सस्तो मूल्यमा मेलास्थलमा दैनिक उपभोग्य बस्तुहरु खरिद गर्ने गरेको उनीहरुले बताएका छन् ।
























