nmb bank

गृहपृष्ठ आजको मौसम : तराईका भू-भागमा बाक्लो हुस्सु

आजको मौसम : तराईका भू-भागमा बाक्लो हुस्सु

आजको मौसम : तराईका भू-भागमा बाक्लो हुस्सु

आज तराईका विभिन्न भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ र बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका भू-भागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना देखिएको छ । बिहीबार प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ । अबको तीन दिनसम्म तराईमा बाक्लो लाग्ने सम्भावना देखिएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु