nmb bank

गृहपृष्ठ दोस्रो चरणका लागि कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु

दोस्रो चरणका लागि कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु

दोस्रो चरणका लागि कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु

सरकारले दोस्रो चरणका लागि आवश्यक पर्ने कोरोनाविरूद्धको खोप खरिद गर्न प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणमा १७ प्रतिशत अर्थात् ५१ लाख नागरिकलाई खोप उपलब्ध गराउने सरकारको तयारी छ ।

यसका लागि भारतस्थित नेपाली राजदूतावासमार्फत त्यहाँको परराष्ट्र मन्त्रालय र नीति आयोगसँग परामर्श भइरहेको जनाइएको छ । भारतले प्रतिमात्रा खोप भारतीय तीनसय रूपैयाँसम्ममा उपलब्ध गराउनसक्ने अनुमानित मूल्य प्रस्तुत गरेको बताइएको छ । भारतले नेपाललाई १० लाख डोज ‘कोभिशिल्ड’ खोप अनुदानमा दिएको थियो । सो खोप बुधबारदेखि लगाउन सुरू भइसकेको छ ।

दोस्रो चरणका लागि आवश्यक खोप खरिद गर्न बजेट व्यवस्था भइसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बुधबार खोप अभियानलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउने बताएका थिए ।

प्रकाशित समय : १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु