Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

सनराइज बैँकको खुद नाफामा सामान्य वृद्धि

न्युज कारोबार काठमाडौं माघ १५, २०७७       

सनराइज बैँकको खुद नाफामा सामान्य वृद्धि
सनराइज बैँकले चालू आर्थिक वर्षको ६ महिनामा खुद नाफा सामान्य बढेको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा बैँकले ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ०.५३ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा बैँकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैँकको खुद ब्याज आम्दानी ११.३१ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै सञ्चालन नाफा ०.८३ प्रतिशत बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ रहेको बैँकको जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ र सेयरधनी कोषमा ७९ करोड ३४ लाख रुपैयाँ सञ्चित छ । ६ महिनामा बैँकको निक्षेप २.४२ प्रतिशत बढेर ९२ अर्ब ४० करोड र कर्जा प्रवाह ७.३४ प्रतिशत बढेर ८६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । बैँकको प्रतिसेयर आम्दानी २१.६ रुपैयाँबाट घटेर २०.१ रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १४९.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.४९ गुणा छ । बैँकको निष्क्रिय कर्जा सामान्य घटेको छ । गत वर्षको पुससम्ममा १.६९ प्रतिशत रहेको निष्क्रिय कर्जा समीक्षा अवधिमा घटेर १.०६ प्रतिशतमा झरेको छ । बैँकको आधार दर ९.९९ प्रतिशतबाट ७.२९ र स्प्रेड दर ५.१४ बाट ४.१ प्रतिशतमा झरेको छ ।

सम्बन्धित खबरहरु