Nepalese Flag २०७८ वैशाख ५ गते आइतबार   |   April 18, 2021

सानिमा बैँकको ६ महिनाको नाफा १ अर्ब ६ करोड

न्युज कारोबार काठमाडौं माघ १५, २०७७       

सानिमा बैँकको ६ महिनाको नाफा १ अर्ब ६ करोड
सानिमा बैँकले ६ महिनामा १ अब ६ करोड २७ लाख खुद नाफा कमाएको छ । बैँकले बिहीबार सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा बैँकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैँकको खुद ब्याज आम्दानी ७.९८ प्रतिशत घटेर १ अर्ब ९९ करोड रुपैयाँ र सञ्चालन नाफा ७.२८ प्रतिशत घटेर १ अर्ब ५० करोड रुपैयाँमा झरेको छ । चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ रहेको बैँकको जगेडा कोषमा ३ अर्ब ६८ लाख र सेयरधनी कोषमा ८९ करोड २६ लाख रुपैयाँ सञ्चित छ । ६ महिनामा बैँकको निक्षेप २.७९ प्रतिशत बढेर १ खर्ब १० अर्ब २४ करोड र कर्जा प्रवाह ११.८८ प्रतिशत बढेर १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैँकको निष्क्रिय कर्जा सामान्य बढेको छ । निष्क्रिय कर्जा गत वर्षको ०.४१ प्रतिशतबाट बढेर ०.५८ प्रतिशत पुगेको हो । बैँकको आधार दर ९.२९ प्रतिशतबाट ६.८३ प्रतिशत र स्प्रेड दर ५.०४ बाट ४.२१ प्रतिशतमा झरेको छ । बैँकको प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी २६.७ रुपैयाँबाट घटेर २१.९६ रुपैयाँमा सीमित भएको हो । बैँकको प्रतिसेयर नेटवर्थ १४०.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.७६ गुणा छ ।

सम्बन्धित खबरहरु