काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप २१३ जनालाई कोरोना पुष्टि, २९६ जना डिस्चार्ज

23.44K
shares

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ पीसीआर परीक्षण गर्दा देशभर थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार काठमाडौं उपत्यकामा थप १२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार काठमाडौंमा १०७, भक्तपुरमा ६ र ललितपुरमा १० जना संक्रमित थपिएका हुन् । पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३ रहेको छ । यसमध्ये ११३ जना क्वारेन्टिनमा छन् । हाल देशभर १४६ जना कोरोना संक्रमितको आईसीयूमा र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार बिहीबार देशभर २९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । बितेको २४ घण्टामा कसैको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार २० जनाको ज्यान गइसकेको छ ।