हवाई कारबाहीमा तालिबानका ४ कमाण्डर मारिए
वि.सं.२०७५ असोज २७ शनिवार १३:१३
shares

अफगानिस्तानको फराह प्रान्तको विभिन्न भागमा भएको हवाई हमलामा चार जना तालेबान कमाण्डर मारिएका छन् ।
गत हप्ता फराहको खाक सफिद जिल्लामा विदेशी सैन्य बलले हवाई कारबाही गरेको थियो । फराहका गभर्नर अब्दुल बासिर सलांगीले कारबाहीमा तालिबान कमाण्डर मुल्लाह बारी जानको मृत्यु भएको पुष्टि गरेका छन् ।
टोलो समाचार समितिका अनुसार मुल्लाहले कम्तीमा तीन सय आक्रमण र सो बराबरकै हत्या गरेको उल्लेख गरेको छ । मुल्लाह हान्जाला, मुल्लाह मुख्लिस् र मुल्लाह अब्दुल सलिम नाम गरेका तालिबान कमाण्डर पनि मारिएका छन् ।
सो कारबाहीमा अन्य ३० उग्रबादी आतंककारी र तीन सर्वसाधारणको मृत्यु भएको छ । तर तालिबानले भने आफ्ना कमाण्डर मारिएको समाचारको भने खण्डन गरेको बताइएको छ ।

























