काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राप्ती नदी किनारमा छठ पर्वको तयारी अन्तिम चरणमा, सजाइयो पूजा स्थल

1.51K
shares

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती नदी किनारमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्वलाई लक्षित गर्दै राप्ती पुलमाथिको नदी किनारमा पूजा स्थल सजाउने तथा व्यवस्थापन गर्ने कामलाई तीव्रता दिइएको छ।

छठ पूजा समारोह समितिका अनुसार व्रतालुहरूलाई सहज रूपमा पूजा तथा आराधना गर्न मिल्ने गरी नदी किनारमा टेन्ट निर्माण गरिएको छ । साथै, पूजा स्थलको सरसफाइ, सजावट र आवश्यक व्यवस्थापनका कामसमेत सम्पन्न हुने चरणमा पुगेका छन् ।

यस वर्ष पनि छठ पर्वलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा मनाउने उद्देश्यले नदी किनारलाई आकर्षक ढङ्गले सिँगारिएको छ । व्रतालु तथा भक्तजनको सुविधालाई ध्यानमा राख्दै पूजा स्थलमा आवश्यक व्यवस्थापन मिलाइएको समितिले जनाएको छ ।

छठ पर्व नजिकिँदै जाँदा राप्ती नदी किनारमा चहलपहल बढेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने छठ पर्वका लागि हेटौँडामा समेत विशेष तयारी गरिएको छ ।