धादिङमा टिपर दुर्घटना, तीन जनाको मृत्यु
वि.सं.२०७५ असोज २७ शनिवार १२:५५
shares

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १० मानेडाँडामा शुक्रबार राति टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
भिमसेनस्थानबाट चकमके जाँदै गरेको बा ५ ख २४१८ नम्बरको टिप्पर दुर्घटनामा परेको हो । तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नम्बर १० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।
टिप्पर सडकबाट ६ सय मिटर तल खसेको थियो । घाइते तीन जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार जारी छ ।

























