काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपा बैठक आज बस्दै,यस्ता छन् ऐजेण्डा

12.77K
shares

पार्टीका तल्लो तह, जनवर्गीय र भ्रातृ संगठनको एकीकरणका विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दैछ । बुधबार बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । बैठक स्थगित भएपछि बिहीबार बस्न लागेको हो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मध्यान्न १२ बजेका लागि बोलाइएको बैठकमा नेता माधबकुमार नेपाल पक्षका नेताहरुले अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालको कार्य शैलीलाई लिएर असन्तुष्टि व्यक्त गर्ने तयारी गरेका छन् ।

सामूहिक नेतृत्वमा जान नसकेको भन्दै पछिल्लो समय दुबै अध्यक्षप्रति नेताहरुको असन्तुष्टि बढ्दो छ । प्रदेश कमिटीलाई पूर्णता दिने र तल्ला तहका संगठनको एकीकरणको मापदण्ड बनाउने कार्यसूची बैठककको मुख्य कार्यसूची छ । कार्तिक १२ गते बोलाईएको स्थायी समिति बैठकको ऐजेण्डा समेत सचिवालय बैठकले तय गर्ने छ ।