भारतीय कम्युनिस्ट नेता सीताराम यचुरी काठमाडौंमा
वि.सं.२०७५ कात्तिक ८ बिहीवार १६:२२
shares

भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी काठमाडौं आइपुगेका छन् । बिहीबार बिहान उनी काठमाडौं आएका हुन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाको निमन्त्रणामा यचुरी नेपाल आएका हुन् ।
भारतीय नेता यचुरीले पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने नेकपाले जनाएको छ । काठमाडौंमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने कार्यक्रम छ ।

























