नेकपाको नामले पायाे बैधानिकता
वि.सं.२०७५ कात्तिक ८ बिहीवार १६:०४
shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई निर्वाचन आयोगले वैधानिकता दिने भएको छ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि राखिएको नयाँ नामबारे विवाद उठेपनि आयोगले बैधानिकता दिन लागेको हो । नेकपा एमाले, माओवादी केन्द्र जेठ ३ गते एकतापछि नेपाल कम्युनिष्ट पार्टी दर्ता गराएका थिए ।
नेकपा आफ्नो पार्टीको नामसँग मिलेको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका थिए । आयोगमा यसअघि नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेकाले दलको नाम जुधेको भन्दै उनले निवेदन दिएका थिए । पाँच वर्षअघि कट्टेलले नेपाल कम्युनिस्ट पार्टी नामको दल आयोगमा दर्ता गरेका थिए ।
तर, निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नामको पछाडी कोस्टभित्र नेकपा राखेपछि फरक हुने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्तालाई बैधानिकता दिएको छ । बुधबार आयोगमा त्रिपक्षीय छलफलमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलार्य बैधानकिता दिइएको आयोगका प्रवक्ता दीपक सुवेदीले बताए । ‘नामका विषयमा परेको उजुरी उपर दुबै पक्षसँग छलफल गरिएको छ, कानुनी निर्णय बिहीबार सार्वजनीक गर्दैछौ,’ सुबेदीले भने ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, आयुक्तहरू, नेकपाका तर्फबाट मुक्ति प्रधान र अधिवक्ता बाबुराम दाहाल आयोगमा उपस्थित थिए । त्यसैगरी नेकपाका ऋषि कट्टेलसहित अधिवक्ता छलफलमा सहभागी थिए । निर्वाचन आयोगले यसअघि नै नाम फरक मानेर नयाँ दल दर्ता गरेको थियो ।
कट्टेलले भने नेकपा नाम आफ्नो पार्टीको ब्रान्ड भएको जिकिर गर्दै अरुले पछाडी थपेर राख्न नपाउने जिकिर गर्दै आएका छन् । उनले सत्तारुढ दलदलाई आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई बैधानिकता दिए आफु सर्वाेच्च अदालत जाने चेतावनी दिएका छन् ।

























