काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा छठ पर्वको रौनक

14.6K
shares

पर्यटकीय नगरी पोखरामा छठ पर्वको रौनक सुरु भएको छ । पोखराका मुख्य तीन ठाँउमा धुमधामका साथ छठ पर्व मनाउने तयारी गरिएको छ । केही वर्षयता पोखरामा छठ पर्व मनाउन थालेसँगै रौनक बढ्दै गएको छ ।

पोखरा नदीपुरको नारायणथान मन्दिर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) र रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतीनदी किनारामा छठ पुजा मनाउन सरसफाई सहितको तयारी सुरु गरिएको त्रिवेणी घाट छठ पूजा समितिका अध्यक्ष देवनारायण सुतीहारले बताए । छठको पुजा गर्न पूजा स्थालका घाट वरपर सरसफाईको काम सुरु गरिएको छ । आइतबार र सोमबार सरसफाइ गर्दै छठ पूजा स्थल सजाउने काम भइरहेको छ ।

पोखरामा पछिल्ला वर्षदेखि पहाडी मुलकाले समेत छठ पर्व मनाउन थालेका छन । छठको पहिलो दिनमा उनीहरुले आ–आफ्नो घर घरमा सरसफाइ गरी नुहाएर चोखो मिठो खाएर छठ पर्व मनाउने गर्दछन । पोखरामा व्यवस्थित रुपमा छठ पूजा गर्न थालेपछि पहाडी मुलका मानिसहरुले समेत छठ पुजा गर्न थालेको नारायणथान मन्दिरका संरक्षक आनन्द गिरी (अन्ना बाबा) ले बताए ।

छठ पूजाको अन्तिम दिन बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै आगन्तुक भक्तजन सहितका पाहुनाहरुलाई छठ पूजा समितिले प्रसाद वितरणको तयारी गरिएको पूजा समितिका सदस्य राम्जी प्रसाद अग्रहरी (वानिया) ले बताए । केदारेश्वर महादेवमणी परिसरमा शनिबार सोमबारसम्म सरसफाई गरी हाल छठ घाँटमा रंग रोगनको काम सुरु गरिएको समितिका अध्यक्ष भुनेस कुमारले बताए । सोमबार र मंगलबार छठ घाँटमा झिलिमिलि पारी सजिसजावट पार्ने उनले बताए ।

छठमा भक्तजनले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफुलका बोटहरु सजावट गर्नेछन । सूर्यलाई भगवानको प्रतिको रुपमा पूजा गरे आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सष्ठीमा अस्ताउदो सूर्यलाई अर्घ दिने गरिन्छ । विभिन्न फलफूल, कन्दमुल, ठेकुवा, कसार लगायतका सामाग्रिको साथमा पूजा गर्ने प्रचलन छ । सप्तमीमा भने उदाउँदो सूर्यलाई अर्घ दिने प्रचलन रहेको छ