काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अब लन्च हुने स्मार्टफोनमा के छन् नयाँ विशेषता ?

14.66K
shares

स्मार्टफोनको सुरुवात करिब एक दशक अघिबाट मात्रै भएको हो । यही एक दशकमा कम्पनीहरुले धेरै फिचर परिवर्तन गरेर स्मार्टफोन बजारमा ल्याएका छन् । अब लन्च हुने स्मार्टफोन के–कस्ता कुरासहित आउलान् त !

फोल्डेबल डिजाइन
सामसङ र मोटोरोला स्मार्टफोन कम्पनीले अर्काे वर्षसम्ममा फोल्डेड डिजाइनको फोन बजारमा ल्याउनेछन् । यो डिजाइनमा काम भइरहेको र छिट्टै बजारमा आउने यी कम्पनीले दाबी गरेका छन् । फोल्डेड फोनले अहिले भएको स्मार्टफोनको तुलनामा कम स्थान ओगट्ने र आवश्यकताअनुसार स्क्रिनलाई ठूलो–सानो पार्न सकिनेछ ।

हेडफोन ज्याक हट्ने
एप्पलले हेडफोन ज्याक हटाएसँगै अब स्मार्टफोनले पनि हटाउने भएको छ । अन्य कम्पनीले पनि यसलाई फलो गर्दै हेडफोनको फिचर सदाका लागि हटाउने भएका छन् ।

माइक्रो एसडी कार्ड हट्ने
सुरुवाती समयमा मोबाइलमा इन्टरनल स्टोरेज कम हुने भएकाले सबै फोनमा माइक्रो एसडी कार्ड आवश्यक पथ्र्यो । अबको स्मार्टफोन कम्पनीले पाँच सय १२ जीबीसम्मको इन्टरनल स्टोरेजको सुविधा दिने भएका छन् । भविष्यमा माइक्रो एसडी कार्ड फिचर सदाका लागि हट्न सक्ने सम्भावना छ ।

फिजिकल बटन हट्ने
स्मार्टफोनले अब फिजिकल बटन अर्थात् थिच्नुपर्ने बटन सदाका लागि हटाउने भएको छ । स्मार्टफोनले अब भोल्युम बटन, पावर बटन र होम बटन पनि हटाउन सक्नेछन् ।

चार्जर हट्ने
सबै स्मार्टफोन कम्पनीले वायरलेस चार्जरको सुविधा दिइरहेका छन् । अब अपडेट भएर आउने स्मार्टफोनमा चार्जर पूरै हट्न सक्छ भने वायरलेस प्रविधिबाट फोन चार्ज हुनेछ ।

स्पिकर हट्ने
चिनियाँ स्मार्टफोन भिभोले आफ्नोको डिस्प्लेमै स्पिकरको सुविधा दिएको छ । उक्त फोनको डिस्प्लेबाट आवाज आउँछ । यही प्रविधिलाई प्रयोग गरेर अबको स्मार्ट फोनले स्पिकरको फिचर सदाका लागि हटाउन सक्नेछन् ।

फिंगर प्रिन्ट स्क्यानर हट्ने
लगभग सबै स्मार्टफोन कम्पनीले सेक्युरिटीका लागि प्रदान गरेको फेस स्क्यानर धेरै उपयोगी मानिएको छ । यसकारण पनि भविष्यमा फिंगर प्रिन्टको फिचर सदाका लागि हट्ने सम्भावना छ ।