राजपा अध्यक्षमण्डलको संयोजकमा महतो
वि.सं.२०७५ मंसिर ४ मंगलवार २३:४६
shares

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको नेतृत्व राजेन्द्र महतोले गर्ने भएका छन् । मंगलबार बसेको राजपा बैठकले चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको नेतृत्व बुधबार मंसिर ५ गतेबाट महतोले गर्ने निर्णय गरेको हो ।
महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न चक्रिय प्रणाली अनुसार नेतृत्व चयन गरेको हो । ६ वटा पार्टी मिलेर राजपा गठन भएपछि अध्यक्षमण्डलको नेतृत्व महन्थ ठाकुरले गर्दै आएका थिए ।


























