फर्निचरमा आगलागी, ४० लाखको क्षति
वि.सं.२०७५ पुस २२ आइतवार १३:०८
shares

ललितपुर महानगरपालिका–४ बागडोलस्थित एक फर्निचर पसलमा आगलागी भएको छ ।
भारतीय नागरिक विनय गौतमले सञ्चालन गरेको अच्युत पराजुलीको नाममा रहेको सोफा डेकर प्रालिमा आगलागी भएको सानेपा प्रहरी प्रभागका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । आगलागीबाट पसलमा भएका सबै फर्निचर जलेका छन् ।
विद्युत् विच्छेद भई आगलागी हुँदा करीब ४० लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

























