काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वाइडबडी प्रकरण : वायु सेवा निगमको इतिहासमै ठूलो भ्रष्टाचार

14.93K
shares

संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले वाइडबडी खरिद प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरिनुपर्ने बताएका छन ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै लेखा समितिका सदस्यहरुले कारबाहीका लागि अख्तियारकोसमेत ध्यानाकर्षण गराए । नेकपाका सांसद विशाल भट्टराईले वाइडबडी खरिद प्रकरण नेपालको इतिहासमा कलंक भएको टिप्पणी गरे । ‘यो नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको नमुना घटना हो । नेपाल एयरलाइन्सको इतिहासमा अरु थुप्रै काण्डहरु छन’, उनले भने, ‘वाइडबडी खरिद प्रक्रियामा ठूलो घोटाला भएको छ । ठूलो अनियमितता भएको छ । यसमा कुनै द्धिविधा छैन । दोषीहरुलाई कारबाही गर्नुपर्छ ।’

समितिका अर्का सदस्य एवम् नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले उपसमितिले आधारभूत आधारमै प्रतिवेदन ल्याएको जिकिर गरे । उनले यो प्रकरणमा दोषी देखिएका सबैलाई कडाभन्दा कडा कारबाही हुनुपर्नेमा जोड दिए । उनले भने ‘कांग्रेसकै नेता भए पनि कारबाही हुन्छ । जीवनबहादुर शाही र जीतेन्द्र देवको सवालमा पार्टीको तर्फबाट कुनै ढाकछोप हुँदैन ।’

समितिकी अर्की सदस्य एवम् राजपा नेपालकी सांसद चन्दा चौधरीले उपसमितिले ल्याएको प्रतिवेदन सोमबार बस्ने लेखा समितिको पूर्ण बैठकले सर्वसम्मतमा पारित हुने दाबी गरिन् । ‘प्रतिवेदनको भाषामा अलिकति तलमाथि भएकोले हामी त्यसमा विचार गरेर अघि बढ्छौं’, चौधरीले भनिन, ‘दोषीलाई कारबाही गर्नुपर्छ भन्ने कुरामा लेखा समितिका हामी सबै सदस्यहरु एकमत छौं ।’

नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतमले वाइडबडी खरिद प्रकरणमा भएको घोटालाबारे लेखा समितिले राम्रो परीणाम ल्याउनेमा आफू विश्वस्त रहेको बताए । गौतमले भने ‘सरकारले सार्वभौम संसदलाई अंकुश लगाउने कुरा क्षम्य हुँदैन । लेखा समितिको प्रतिवेदनमा चित्त बुझेन भने सार्वभौम संसदमा छलफल हुनुपर्छ । तर, संसदीय समितिलाई काम गर्न नदिएर दवावमूलक काम गर्नुहुँदैन् ।’