काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बिमा कम्पनीलाई पुँजीवृद्धिका लागि दिइएको थप समय पनि सकिँदै

48.07K
shares

बिमा समितिले पुँजी वृद्धिका लागि बिमा कम्पनीहरुलाई ६ महिनाको समय थप्नेबारे छलफल थालेको छ । २१ वटा कम्पनीले बिमा चुक्ता पुँजी पुर्याउन नसक्ने देखिएपछि समितिले असार मसान्तसम्म पुँजी बढाउन मिल्ने गरी समथ थप्ने समितिको तयारी छ । यसो गर्दा हुने सकरात्मक र नकारात्मक प्रभावबारे छलफल भइरहेको समितिका अध्यक्ष चिरञ्जीवी चापाइगाईंले जानकारी दिए ।

बिमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै बिमा समितिले आर्थिक वर्ष ०७४–७५ को अन्त्यसम्ममा चुक्ता पुँजी बढाउन निर्देशन दिएको थियो । सो अवधिमा निर्जीवन बीमा कम्पनीले १ अर्ब र जीवन बिमा कम्पनीले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने थियो । तर, सो अवधिमा पनि बिमा कम्पनीले पुँजी बढाउन सकेनन् । त्यसैले समय थपेर भए पनि बिमा कम्पनीलाई चुक्ता पुँजी बढाउने मौका दिने समितिको तयारी छ ।

निर्देशिकामा उक्त अवधिमा पुँजी बढाउन नसकेमा पहिलो पटकका लागि तीन महिना समय थप्न सकिने व्यवस्था छ । समितिले दुई पटकसम्म समय थप गर्न सक्छ । यसरी समितिले थप गरेको ६ महिनाको समय यही पुसमा सकिँदै छ । तर, अहिलेसम्म पाँच वटा कम्पनीले मात्रै समितिले तोकेको चुक्ता पुँजी पुर्याएका छन् भने २१ वटा कम्पनीले अझै तोकेको पुँजी कायम गर्न सकेका छैनन् । अधिकांश निर्जीवन बीमा कम्पनीहरु बोनस शेयरमार्फत पुँजी जुटाउने योजनामा छन् भने केही कम्पनीले पुँजी बढाउन अझै हकप्रद निष्काशन गर्नुपर्छ ।

 

चुक्ता पुँजीमा पाँच कम्पनी सफल

नेपाल लाइफ, शिखर इन्स्योरेन्स, हिमालयन इन्स्योरेन्स, नेको इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले समितिको निर्देशनअनुसार पुँजी बढाइसकेका छन् । नेपाल लाइफको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ । त्यस्तै, शिखर इन्स्योरेन्सको १ अर्ब ५ करोड, हिमालयन जनरल इन्स्योरेन्सको १ अर्ब २ करोड रुपैयाँ र नेको इन्स्योरेन्सको १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । हाल नेपालमा १८ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । महालक्ष्मी जीवन बिमा कम्पनी सञ्चालनको तयारीमा छ । त्यसैगरी, २० वटा निर्जीवन बीमा कम्पनी छन् । तर, पुँजी वृद्धिको प्रावधान पुराना २६ वटा कम्पनीलाई मात्रै लागू हुने समितिले जनाएको छ ।

 

२१ कम्पनी किन चुके चुक्ता पुँजी बढाउन ?

बिमा समितिले चालू आर्थिक वर्षदेखि नेपाल फाइनान्स रिपोर्टिङ स्याट्यान्डर्ड (एनएफआरएस) अनुसार कम्पनीहरूले प्रत्येक वर्ष सम्पति तथा दायित्वको मूल्यांकन गराउनुपर्ने व्यवस्था लागू गरेको छ । नेपालमा बिमांकी नभएकाले बिमा कम्पनीहरुको वित्तीय विवरण मूल्यांकन गर्न लामो समय लाग्छ । किनकि, यो प्रणालीअनुसार पाँच वर्षयता आर्थिक वर्षको वित्तीय विवरणलाई पनि केलाउनुपर्छ ।

यसले गर्दा बिमा कम्पनीहरुको साधारणसभा पछाडि धकेलिएको छ । जसले गर्दा कम्पनीहरुले वित्तीय विवरण पारित गर्न सकेका छैनन् । यही कारण पुँजी वृद्धिको योजना प्रभावित बनेको हो । बिमक संघले पनि समितिलाई समथ थप गरिदिन आग्रह गर्दै आएको थियो । बजारमा क्रेडिट क्रन्च हुँदा संस्थापकहरुले आवश्यक सेयर पुँजी जुटाउन नसकेको गुनासो गर्दै बीमक संघले समय थप गरिदिन समितिको ध्यानाकर्षण गराएको थियो ।

समितिले लागू गरेको नियम पूरा गर्ने क्रममै कम्पनीहरुको पुँजी वृद्धिमा केही ढिलाइ हुने देखिएकाले ६ महिनाको समय थप गर्ने तयारी गरिएको समितिले जनाएको छ । एनएफआरएसको प्रक्रिया लामो हुने भएका कारणले नै पुँजी वृद्धिका लागि समय थप गर्नुपर्ने अवस्था आएको बिमा समितिका अध्यक्ष चापागाईंको भनाइ छ । आवश्यक छलफल भइरहेकाले केही दिनमै समय थप गर्ने निर्णय गरिने उनले बताए ।