मुक्तिनाथ विकास बैंकमा अनलाइनबाटै खाता खोल्ने सुविधा
वि.सं.२०७५ पुस २६ बिहीवार १९:४१
shares

मुक्तिनाथ विकास बैंकले खाता खोल्न अनलाइन सेवाको सुरुवात गरेको छ । सर्वसाधारणलाई सेवा दिने उद्देश्यले अनलाइनबाटै खाता खोल्न सकिने व्यवस्था ल्याएको बैंकले जनाएको छ ।
देशभित्र तथा बाहिर रहेका नेपाली नागरिकले यस प्रविधिको माध्यमबाट बैंकमा खाता खोल्न सक्नेछन् । उक्त सेवाबाट ग्राहकले आफ्नो समयानुकूल बैंकको वेबसाइटबाट खाता खोल्न सक्नेछन् । बैंकले १०२ शाखा र २० वटा एटिएमबाट करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

























