माघे संक्रान्तिका लागि यसरी बन्दैछ चाकु (फोटो फिचर)
वि.सं.२०७५ पुस २६ बिहीवार १९:४०
shares

माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन चाकु उद्योगलाई भ्याई नभ्याई छ । तिलुवा संक्रान्ति एवं मकर संक्रान्तिका नामले पनि चिनिने यस पर्वमा खासगरी काठमाडौं उपत्यकामा चाकु खाने परम्परा छ । जसका कारण उद्योगहरू धमाधम चाकु निर्माणमा जुटेका छन् ।
माघे संक्रान्तिलाई दिन नेवार समुदाय ‘घ्यूचाकु सँल्हु’का रूपमा मनाउँछन् । खासगरी यस पर्वमा नेवार समुदायले चाकुमा तिल मिसाए लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । माघे संक्रान्तिमा काठमाडौं उपत्यका नजिकैको पनौतीमा ऐतिहासिक मकर मेला लाग्दछ, जुन राजा मानदेवको पालादेखि सुरू भएको हो ।
माघे संक्रान्तिका लागि काठमाडौंको टोखाको एक उद्योगमा चाकु तयार गरिरहेको छ । सोही उद्योगमा चाकु तयार हुँदै गरेका तस्बिहरू ।








































