काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वास्थ्य मन्त्रालयले यसरी बाँड्यो दुई सचिवको जिम्मेवारी

19.36K
shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जना सचिवको जिम्मेवारी बाँडफाँड गरेको छ । मन्त्रालयमा रहेका दुई सचिवमध्ये डा. पुष्पा चौधरीलाई स्वास्थ्यतर्फको र अर्का सचिव केदार बहादुर अधिकारीलाई जनसंख्यातर्फको जिम्मेवारी दिइएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय सचिवहरूको जिम्मेवारी बाँडफाँड गरेका हुन् । मन्त्री यादवले स्वास्थ्य तर्फको जिम्मेवारी सचिव डा. पुष्पा चौधरीलाई र जनसंख्या तर्फको जिम्मेवारी अर्का सचिव केदार बहादुर अधिकारीलाई दिएका छन् ।

सरकारले प्रधानमन्त्री कार्यलयमा सरुवा गरेपछि सचिव चौधरीले आफुलाई ऐन विपरित सरुवा गरेको भन्दै सर्वोच्चमा पुगेकी थिइन् । सर्वोच्चले उनलाई सरुवा गर्न नमिल्ने आदेश दिएको थियो ।

यो बीचमा सरकारले स्वस्थ्य तथा जनसंख्या मन्त्रालयमा अधिकारीलाई सरुवा गरेर पठाएको थियो । त्यस यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई सचिव भएका थिए ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार मन्त्रीस्तरीय निर्णयबाट दुबै जनालाई छुट्टाछुट्टै महाशाखा र विभागको जिम्मेवारी तोकिएको छ । उनका अनुसार चौधरीलाई मन्त्रालयको नीति योजना, अनुगमन, समन्वय महाशाखा, मन्त्रालयको प्राविधिक पक्षसहित स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको छ ।

अर्का सचिव अधिकारीलाई जनसंख्या महाशाखा हेर्ने गरी जनसंख्या सचिवको रुपमा जिम्मेवारी दिइएको छ । त्यसबाहेक मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा, औषधि व्यवस्था विभाग र आयुर्वेद विभागको जिम्मेवारी अधिकारीलाई दिएको छ ।