आज पृथ्वी जयन्ती, राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानको सम्झना गरिँदै
वि.सं.२०७५ पुस २७ शुक्रवार १३:४७
shares

बाइसे–चौबीसेमा छरिएर रहेका राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहको स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ ।
नेपाल एकीकरणका अभियन्ता शाहको विसं. १७७९ पुस २७ गते गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्म भएको थियो । शाहलाई राष्ट्र निर्माताका रुपमा समेत चिनिने गरिएको छ । कुटनीतिक चलाखी र सैनिक बलका भरमा पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यलाई एकत्रित गरेका थिए ।
मुलुकमा गणतन्त्र स्थापनाअघि पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस सरकारी तहबाटै मनाउने चलन थियो । सरकारले पछिल्ला वर्षहरुमा दिइदै आएको सार्वजनिक बिदासमेत कटौती गर्दै आएको छ । सरकारले बिदा घोषणा नगरेपनि केही स्थानीय तहमा भने बिदा दिइएको छ ।

























