काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तटबन्ध निर्माणमा मन्त्री घिमिरेले १० लाख दिने

12.71K
shares

मोरङको कटहरी गाउँपालिका-२ स्थित सिंघिया खोलाले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माणको लागि सामाजिक विकासमन्त्री जीवन घिमिरेले दश लाख रुपैँया उपलब्ध गराउने भएका छन् । शुक्रबार कटहरी-२ निखिल ज्योति योग आश्रम छेउमा सिंघिया खोलाले गरेको कटानको स्थलगत अनुगमन गर्दै मन्त्री घिमिरेले तटबन्ध निर्माणको लागि तत्काल दश लाख दिने र विस्तृत अध्ययनपछि आवश्यक बजेट क्रमिक रुपमा विनियोजन गर्दै लगिने बताएका हुन् ।

उनले आफ्नो क्षेत्र विकास कोषबाट तटबन्धलाई सहयोग गर्ने बताएका हुन् । स्थलगत अनुगमनमा वडाअध्यक्ष किशोरकुमार पाण्डेको समेत उपस्थिती रहेको थियो । तटबन्ध निर्माणमा लाग्ने बजेटको वडाअध्यक्ष पाण्डेसहितको टोलीले टुङ्गो लगाउने छ । यसअघि घिमिरेकै सिफारिसमा कटहरी-८ मधुमारामा ७ लाख रुपैँया बजेट उपलब्ध गराईएको थियो । त्यस क्षेत्रमा अहिले तटबन्ध निर्माणको काम भइरहेको छ ।