काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै

11.17K
shares

चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा १६ औं पटक अनशन सुरू गरेका वरिष्ठ चिकित्सक गोविन्द केसीको अनसन तेस्रो दिन शुक्रबार पनि जारी रहेको छ ।

तेस्रो दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । बुधबारदेखि इलाममा अनशन थालेका डा. केसीको स्वास्थ्य अवस्था गएरातिदेखि बिग्रन थालेको हो । उनको रक्तचाप कम हुँदै गएको केसीको स्वास्थ्य जाँचमा खटिएका डा. रामकृष्ण आचार्यले जानकारी दिए ।

शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो । चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने अनुमान गरेका छन् ।