काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतले प्रबुद्ध समूहको प्रतिवेदन छिट्टै बुझ्छ : परराष्ट्रमन्त्री ज्ञवाली

10.9K
shares

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाल-भारत प्रबुद्ध समूहको प्रतिवेदन छिट्टै बुझ्ने बताएका छन् । गत जुलाईमै तयार भएको प्रतिवेदन बुझ्न भारतीय पक्षले आलटाल गरिरहँदा मन्त्री ज्ञवालीले प्रतिबेदन बुझ्न भारत सकारात्मक रहेको बताएका हुन् ।

राइसिना डायलगमा भाग लिन भारतको राजधानी नयाँ दिल्लीमा रहेका मन्त्री ज्ञवालीले शुक्रबार दूतावासमा पत्रकार सम्मेलन गर्दै इपीजीको प्रतिवेदनबारेमा भरतको धारणा जानकारी गराएका हुन् । इपिजीले तयार गरेको ७ महीना बित्दासमेत प्रधामन्त्री नरेन्द्र मोदीले समय नदिँदा प्रतिवेदन बुझाउन सकेको छैन । मन्त्री ज्ञवालीले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए ।

स्वराजसँगको भेटमा समसामयिक विषय र इपीजीको प्रतिवेदन बुझाउने विषयमा कुराकानी भएको मन्त्री ज्ञवालीले बताए । स्वराजसँग व्यापार घाटा कम गर्न नेपाल तर्फबाट हुने चिया, कफी र अदुवाको निर्यात सहज बनाउन कुरा गरेको उनले बताए ।

ज्ञवालीले अध्यक्ष राष्ट्रको हैसियतले सार्क सम्मेलन गर्न नेपाल सरकार सकारात्मक रहेको बताए । उनले निकट भविष्यमै सार्कको सम्मेलन हुने विश्वास व्यक्त गरे ।

विगतमा जस्तो भविष्यमा नोटबन्दीको समस्या नआओस् भन्ने आश्वस्तताका लागि केही भारतीय नोटमा प्रतिबन्ध लगाइएको मन्त्री ज्ञवालीले बताए । यस विषयमा दुई देशका केन्द्रीय बैंकहरूबीच छलफल भइरहेकाले छिट्टै निकास निस्कने उनको विश्वास छ । नेपालले भारतीय २ सय ५ सय र २ हजारको नोटमा प्रतिबन्ध लगाएको भन्ने पत्रकारको प्रश्नमा मन्त्री ज्ञवालीले यस्तो जवाफ दिएका हुन् ।