काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पत्रकारको हत्यामासमेत रामरहिमको संलग्नता

11.24K
shares

आफ्नै शिष्यलाई बलात्कार गरेको अभियोगमा जेल सजाय काटिरहेका भारतीय तथाकथित धर्मगुरु गुरमित रामरहिम सिंह पत्रकार हत्यामा समेत दोषी ठहर भएका छन् ।

यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले रामरहिम पत्रकारको हत्या गरेको अदालतले शुक्रबार ठहर गरेको हो । सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीको हत्या अभियोगमा अदालतले रामरहिमसहित अन्य तीन जनालाई समेत दोषी ठहर गरेको छ ।

संसारभर लाखौं समर्थक बटुलेका रामरहिम बलात्कारको अभियोगमा २० वर्षे जेल सजाय काटिरहेका छन् । उनलाई जेलबाट बाहिर निकाल्दा सुरक्षा चुनौती थपिने भन्दै प्रहरीले भिडियो कल मार्फत् अदालतमा पेश गरेको थियो ।

सिंहलाई आजीवन काराबासम्मको सजाय हुन सक्ने बताइएको छ ।