आफन्तलाई काम नदिएको झोकमा प्रदेश दुईका मन्त्रीद्वारा सचिवमाथि कुटपिट
वि.सं.२०७५ पुस २९ आइतवार २१:४८
shares

प्रदेश दुईका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले पर्यटन, वन तथा वातावरण सचिव विद्यानाथ झामाथि हातपात गरेका छन् ।
गरीबी निवारण कोषको कार्यक्रम आफ्ना आफन्तलाई नदिएको झोकमा मन्त्री यादवले सचिव झामाथि कुटपिट गरेका हुन् । मन्त्रीले कार्यकक्षमै कुटपिट गरेको आरोपमा धर्नामा बसेका झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक बडाबाबु शाहले भ्यानमा राखेर झालाई चौकी पुर्याएका छन् ।
सचिवलाई मन्त्रीले झापड हान्दा प्रदेश दुईका सभामुख सरोज यादव पनि मन्त्रिको कार्यकक्षमै उपस्थित थिए । मन्त्री यादवले सचिव झाले समेत आफूमाथि हातपात गरेको आरोप लगाएका छन् ।

























