काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेयर बजार ५ अंकले घट्यो

14.66K
shares

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से नकारात्मक बनेको छ । उत्पादनमूलक र अन्यबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक ५.७८ अंकले घटेर ११७५.०५ अंकमा झरेको हो ।

नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.२३ अंकले घटेको छ । कारोबार भएका १० समूहमध्ये दुई समूहको सेयर बढेको छ भने आठ उपसमूहको घटेको छ ।

उत्पादनमूलक ०.६९ र अन्य २.८७ अंकले बढेका छन् । यस्तै, बैंकिङ क्षेत्र ६.३२, होटल १२.८७, विकास बैंक ४.५, जलविद्युत् ५.२५, वित्त ०.८५, निर्जीवन बिमा ७१.२७, लघुवित्त १२.७ र जीवन बिमा.१८ अंकले घटेको छ । आज १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता सेयर ३७ करोड २९ लाख १५ हजार ७०६ रुपैयाँमा किनबेच भयो ।

आइतबार वोमी माइक्रोफाइनान्स, नागरिक लगानी कोष, सेन्ट्रल फाइनान्स, श्रीराम सुगर मिल्स, तिनाउ विकास बैंकलगायत कम्पनीको सेयर बढेको छ भने भार्गभ विकास बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्था, आरम्भ माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स लगायत कम्पनीको सेयर घटेको छ ।