गण्डकी प्रदेशसका सांसद पहारीले न्यानो कपडा वितरण गरे
वि.सं.२०७५ माघ १ मंगलवार ०१:४८
shares

गण्डकी प्रदेशका सांसद राजिव पहारीले आफ्नो तलब भत्त्ताको रकमबाट न्यानो कपडा वितरण गरेका छन् । पहारीले तलब भत्ताको पैसाबाट सोमबार एक समारोहबीच पोखरा महानगरपालिका-२२ (पुम्दी भुम्दी) का दुई विद्यालयका ६० जना विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेका हुन् ।
पहारीले कालाभाङमा रहेको भगवती आधारभूत विद्यालयका ३५ जना छात्र/छात्रा र भुल्भुलेमा रहेको युवा ज्योति आधारभूत विद्यालयका २५ जना छात्र/छात्रालाई न्यानो कपडा वितरण गरेका हुन् । सामाजिक जागरणको लागि नारी अभियान नेपालको संयोजनमा पहारीले स्वेटर, टोपी, मोजा, सेनिटरी प्याडको साथमा सावुन वितरण गरे ।
जाडो मौसममा न्यानो कपडाको अभावमा अध्ययन गर्न कठिन परेका गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई आफ्नो तलव भत्तावापत आएको रकमबाट सहयोग गरेको पहारीले बताए । ‘मैले ३० वर्ष राजनीति गर्दा कुनै सुविधा विना काम गरे भने अहिले जनप्रतिनिधि भएर पहिलो पटक जनताबाट पाएको तलब भत्ताको रकम जनतालाई नै फिर्ता गर्छु,’ उनले भने, ‘यो कुनै ठूलो काम होइन ।’

























