काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भूकम्पबाट विस्थापितका लागि एकीकृत बस्ती

13.86K
shares

भूकम्पबाट विस्थापित भएका नागरिकका लागि नुवाकोटमा सामाजिक सङ्घसंस्थाको सहयोगमा एकीकृत बस्ती निर्माण सुरु गरिएको छ ।

दुर्गम गाउँ भाल्चेबाट विस्थापित भई सदरमुकाम आसपास बसोबास गर्दै आइरहेका पीडित १८ घरपरिवारका लागि अक्सफामको सहयोगमा विदुर नगरपालिकाको जफतीमा सो बस्ती निर्माण सुरु गरिएको हो ।

अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा सहायता सामाजिक संस्थामार्फत एकीकृत आवास निर्माण गर्न सुरु गरेको संस्थाका कार्यकारी निर्देशक अञ्जली पाण्डेले बताइन् । परिवारको संख्याअनुसार दुईदेखि चार कोठेसम्मका घर निर्माण गरिने बताइएको छ ।

घर निर्माणमा प्रत्येक घरका एक जना सदस्यले श्रमदान गर्नुपर्नेछ । राज्यले दिने तीन लाख अनुदान, श्रमदान र बाँकी आवश्यक रकम अक्सफामले सहयोग गर्नेछ ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले एकीकृत बस्ती निर्माण गर्दा सामाजिक पक्षलाईसमेत ध्यान दिनुपर्ने बताए । सो बस्तीको शिलान्यास गर्दै तामाङले विस्थापित हुनुको पीडालाई कम गर्दै बस्ती निर्माणमा जुट्न आग्रह गरे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बस्तीको निर्माणमात्रै नभई उनीहरुको जिविकोपार्जनमा समेत काम गर्नुपर्ने बताए । सहायता सामाजिक संस्थाका अध्यक्ष शिवराम रिजालले बस्ती निर्माण मात्रै नभई खानेपानी र सहज यातायातका लागि मोटरबाटोकोसमेत निर्माण भइरहेको जानकारी दिए । (रासस)