काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सभामुख कप राष्ट्रिय महिला भलिबल : कर्णाली र सुदूरपश्चिम बाहिरिए

15.77K
shares

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा जारी ‘दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता-२०७५’ को दोश्रो दिनको खेल सम्म आइपुग्दा कर्णाली र सुदूरपश्चिम बाहिरिएका छन् ।

अपेक्षित राम्रो प्रर्दशन गर्न नसकेका यि दुई टिम बुधबार सम्पन्न खेलमा सुदूरपश्चिम लगातार दुई खेलमा पराजित हुँदै बाहिरिएको हो भने कर्णाली पनि पराजयबाट अछुतो हुन सकेन ।

सम्पन्न खेलमा सुदूरपश्चिमले प्रदेश-१ सँगको खेलमा कडा टक्कर दिए पनि ३-२ सेटले प्रदेश-१ लाई खेल सुम्पिन बाध्य भयो । प्रदेश-१ ले २५–१३, १५–२५, १७–२५, २५–२२ र १५–११ को अंकले खेल जितेको थियो । क्वाटर फाइनलमा प्रदेश-१ ले प्रदेश-३ सँग आफ्नो भेट पक्का गरेको छ ।

यस्तै दोश्रो खेलमा प्रदेश-२ ले कर्णालीविरूद्ध सहज जित निकाल्यो । प्रदेश-२ ले कर्णालीसँगको खेल २५–२३, १०–२५, २५–१० र २५–१६ ले जितेर क्वाटर फाइनलमा स्थान पक्का गर्यो । प्रदेश-२ ले क्वाटर फाइनलमा नेपाल पुलिससँग खेल्ने छ ।

बुधबार सम्पन्न तेश्रो खेलमा एपिएफ क्लबको शसस्त्र प्रहरीले सुदूरपश्चिमसँग सहज जित निकाल्दै नेपाल आर्मीसँग क्वाटर फइनलमा भिड्ने भएको छ । शसस्त्र प्रहरीसँगको खेलमा सुदुर पश्चिम निरिहनै बन्यो । शसस्त्र प्रहरीले र सुदुर पश्चिमलाई २५–४, २५–७ र २५–३ को अंकले पराजित गरेको हो ।

त्यस्तै अर्को खेलमा प्रदेश-५ ले कर्णालीलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै आयोजक गण्डकी सँग क्वाटर फाइनलमा भिड्ने भएको छ ।